खाेज्नुहाेस

रास्वपा बैतडीको सभापतिमा भिम नाथ दोहोरिए

Image

बैतडी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । पाटनमा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले भिम नाथको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।

navjiwan hospital

अधिवेशनले नाथलाई नै सभापतिमा दोहर्याएको छ । अन्य पदमा धेरै आकांक्षी भएपनि छलफलपछि सर्वसम्मत रुपमा समिति गठन गरिएको जोशीले बताए । उक्त कार्यसमितिको उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् ।

attariya hospital

यस्तै सदस्यहरुमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश बिष्ट र बबिता साउँद चयन भएका छन् । कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गर्ने संस्थापक महामन्त्री जोशीले बताए ।

रास्वपाको नयाँ कार्यसमितिले संगठन विस्तारको काम गर्ने सभापति नाथले बताए । पार्टीको संगठनलाई बलियो, चुस्तदुरुस्त बनाउन लागिपर्ने उनले बताए ।