धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेसका ९ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक संकट समाधान गर्न कांग्रेसका केन्द्रीय नेता धनगढी पुगेका छन्। सांसद डम्मरी महरा अन्तिम समयमा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काल सरकार ढल्ने खतरा टरेको भए पनि दलभित्रको विवाद कायम छ।

असन्तुष्ट सांसदहरूले बजेट वितरण र विकासमा विभेद भएको आरोप लगाएका छन् भने मुख्यमन्त्रीले सरकार जोगाउन केही सांसदलाई मन्त्री बनाउने तयारी गरेको चर्चा छ। विवाद समाधानका लागि कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीले असन्तुष्ट पक्ष तथा मुख्यमन्त्रीसँग छलफल गरिरहेका छन्।

प्रदेश सरकार आगामी बजेटको तयारीमा जुट्नुपर्ने बेला सत्ता बचाउने र मन्त्री पदको दौडधुपमा अल्झिएको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

















