खाेज्नुहाेस

कांग्रेसले खोस्यो लम्कीचुहा – १ का वडा सभापति खनालको जिम्मेवारी

Image

लम्की – कैलालीस्थित लम्कीचुहा – १ का सभापति प्रयागराज खनालको जिम्मेवारी खोसिएको छ । खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसेको हो ।

navjiwan hospital

उक्त वडा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको गृहवडा पनि हो । वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् ।

attariya hospital

क्रियाशील सदस्यता अद्यावधिकको कार्य गराउन हाल कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ । वैशाख १ गतेदेखि सुरु गरिएको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अन्तिम दिन आजका लागि तोकिएको छ ।