खाेज्नुहाेस

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबाट एक सांसदको हस्ताक्षर फिर्ता

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव अल्पमतमा परेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि अविश्वासको प्रस्ताव अल्पमतमा परेको हो ।

प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् । हाल सक्रिय रहेका १७ सांसदमध्ये ९ जना सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेको भएपनि एक सांसदले फिर्ता लिएका छन ।

attariya hospital
navjiwan hospital

महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।
शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो ।