खाेज्नुहाेस

आँखाको ज्योति स्थिर राख्न के खाने ?

Image

आँखाको ज्योति स्थिर राख्नको लागि खानामा यी केही पौष्टिक आहारहरु सामेल गर्ने सल्लाह दिइन्छ । आफ्नो आहारमा अंगुर, ओखर, अमला, गाजर र अमिलो फलहरुलाई सामेल गर्नाले आँखा स्वस्थ रहन्छ र आँखाको ज्योति कम हुँदैन ।

आँखा शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा मानिन्छ । यो पूरै शरीरमध्ये सबैभन्दा संवेदनशील अंग पनि हो । सानो लापरवाहीले पनि आँखाको ज्योति कम हुन सक्छ । त्यसैले आँखाको विशेष ध्यान राख्नुपर्ने आवश्यकता हुन्छ । बढ्दो प्रदूषण र रोगहरुका कारण आँखामा नराम्रो असर परिरेहको हुन्छ । यस्तोमा कस्तो खानपानले आँखाको ज्योति बढाउन र स्थिर राख्न सकिन्छ भन्ने जान्नु र त्यसको उपयोग गर्नु आवश्यक छ ।

attariya hospital

अमला

भिटामिन–सीले भरिपूर्ण अमलाको उपयोग लिवर, डाइजेशन, स्किन र कपालको साथै आँखाको लागि समेत निकै फाइदाकारक मानिएको छ । यसले इम्यून सिस्टमलाई बढाउन र रगतमा शुगरको स्तरलाई कम गर्नमा मद्दत गर्छ । आफ्नो आहारमा एक टुक्रा अमला खानु वा यसको जूस खानुले आँखा स्वस्थ रहन्छ र ज्योति बढ्छ ।

सुकमेल

navjiwan hospital

सुकमेलले शरीरको तापमानलाई सन्तुलित गर्न मद्दत गर्छ । यसको नियमित सेवनले आँखालाई फाइदा गर्छ । आँखाको दुई गुणा फाइदाको लागि सुकमेल र सौंफलाई पिसेर चिसो दूधमा मिलाएर सेवन गर्नाले आँखाको ज्योति बढ्छ ।

गाँजर

गाजरमा उपलब्ध पौष्टिक तत्वले इम्यून सिस्टमलाई बलियो बनाउँछ र मुटुसँग जोडिएको सबै समस्याहरुलाई सामप्त गर्न मद्दत गर्छ । गाजर आँखाको लागि एक सुपरफूड हो । गाजरमा बीटा–कैरोटीन र फाइबरजस्तो महत्वपूर्ण तत्व पाइन्छ । साथै यसमा विटामिन र मिनरल हुन्छ जसले आँखाको ज्योति बढाउने काम गर्छ । आँखाको उपयुक्त हेरचाहको लागि दैनिक एउटा गाजर खानुपर्छ ।

ओखर

ओखर आँखाको साथै स्किनको लागिपनि फाइदाकारक हो । ओखरमा उपलब्ध ओमेगा–३ ले फैटी एसिड आँखाको ज्योति तेज गर्न मद्दत गर्छ । यसले डार्क सर्कललाई सधैंको लागि हटाउन सक्छ । यसलाई खानुको साथै ओखरको तेजलाई आँखाको चारैतिर मसाज गर्न सकिन्छ ।

अमिलो फल

अमिलो स्वाद भएको फलमा भरपूर मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छ । त्यसैले उक्त फलफूल आँखाको लागि निकै फाइदाकारक मानिएको छ । बढ्दो उमेरमा हुने आँखासम्बन्धी समस्यालाई रोक्नको लागि अमिलो फल महत्वपूर्ण मानिन्छ ।