धनगढी – धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार पाठकले निकटतम प्रतिद्वन्द्वी केशव मिश्रलाई ३ सय १५ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी भएका पाठकले ४ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केशव मिश्रले ४ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।


यसैगरी उपाध्यक्ष पदमा पनि पाठक प्यानलकै उम्मेदवार उत्तम जोशी विजयी भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा पाठक प्यानलका गणेशप्रसाद जोशी पाँच हजार १७२ मत प्राप्त गर्दै विजयी भए । सुपरीवेक्षण समितिको सदस्यमा पाठक प्यानलका खेमराज पाठक(६०४३) र गणेशप्रसाद पाध्याय(४५५९) विजयी भएका छन्।
कार्य समितिको ७ जना सदस्यमा पनि चार जना पाठक प्यानलका विजयी भएका छन् भने दुई स्वतन्त्र उम्मेदवार र एक जना घनबहादुर शाह प्यानलका छन् ।

















