खाेज्नुहाेस

गोदावरी– ४ मा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न, भलिबलमा चट्टान र क्रिकेटमा बसन्तपुर प्रथम

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा सञ्चालित जेवाईसि वडास्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग र ज्वाला देवी युवा क्लब (जेवाईसी) को आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

खेलकुद प्रतियोगितामा आयोजकले क्रिकेट र भलिबल गरी दुई विधामा खेलहरु खेलाएको थियो । जसमा भलिबल तर्फ चट्टान युवा क्लब प्रथम हुन सफल भएको छ भने बुढीतोला भलिबल टिम द्धितिय भएको छ ।

attariya hospital

त्यसैगरी क्रिकेट तर्फ आईतबार भएको फाईनल खेलमा टिम प्रगतीलाई पराजित गर्दै टिम बसन्तपुर प्रथम हुन सफल भयो । टस जितेर फिल्डीङ रोजेको टिम बसन्तपुरले टिम प्रगतीलाई निर्धारित १५ ओभर खेलाएर ९८ रनमै रोकेको थियो । जसमा टिम प्रगतीले ८ विकेट गुमायो । ९९ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएको टिम बसन्तपुरले ११ ओभर ४ बलमा २ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो ।

navjiwan hospital

प्रतियोगितामा दुवै विधामा विजेता बनेका टिमहरुले नगद रु. २५/२५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता बनेका टिमहरुले नगद रु. १५/१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगिता अवधीभरका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने दुई विधाका दुई खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो । क्रिकेटमा प्लेयर अफ द टुर्नामेन्ट बनेका आयोजक ज्वालादेवी युवा क्लबका खेलाडी सुशिल बोगटी र भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका चट्टान युवा क्लबका खेलाडी धर्म सिँ साउँद पुरस्कृत भएका हुन ।
विजेता र उपविजेता बनेका टोलीहरुलाई समापन समारोहका बिच पुरस्कार वितरण गरिएको थियो ।

ज्वालादेवी युवा क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष हेमप्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडासदस्यत्रय शेर बहादुर घर्तिमगर र तारा सिँ छेडाल, रेश्मी देवी चौधरी उपस्थित थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मल्लले सबैको अथक प्रयास र लगनशिलताले प्रतियोगिता सफल रुपमा सम्पन्न भएको बताए । उनले खेल व्यक्तिको सर्वाङ्गीण विकास गर्ने मुख्य माध्यम भएको बताए । उनले युवा क्लबहरुले खेल खेल्ने र खेलाउने मात्रै नभई समाजमा भएका विकृति, विसंगतीहरुलाई नियाली त्यस्ता विषयवस्तुहरुलाई समाजबाटै दुरुत्साहन गर्ने संस्थाका रुपमा पनि अघि बढ्न आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै वडासदस्य शेर बहादुर घर्तिमगरले सभ्य र धैर्यताका साथ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा वडास्तरिय मात्रै नभई नगरस्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्न वडा कार्यालय प्रयासरत रहने बताए । उनले आगामी प्रतियोगिताका लागि अहिले नै तयारी अवस्थामा बस्न खेलाडीहरुलाई आग्रह पनि गरे । समापन कार्यक्रममा वडाभित्रका क्लबहरुलाई खेलकुद सामग्री पनि वितरण गरिएको थियो ।