खाेज्नुहाेस

गोदावरीबाट लागू औषध सहित दुई जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१० दमौराबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार बेलुकी गरिएको कारबाहीमा १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमित कुमार तामाङ रहेका छन् ।

लागूऔषध सेवन गरी हिँडिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।