अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ आशबहादुर गुरुङको डेरामा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा ७४ वर्षीय आशबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट नगद ११ हजार ७ सय ८० रुपैयाँ र ४ गड्डी तास बरामद गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















