अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेती प्रमुखको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महराले सम्हालेका छन् ।

इप्रका मालाखेतीका प्रमुख रण बहादुर चन्दको डोटी सरुवा भएपछि बिहीबार डिएसपी महराले इप्रका मालाखेतीको कमान्ड सम्हालेका हुन ।

उनको जेठ १ गते नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा धनगढीमा सरुवा भएको थियो । त्यहाँबाट उनलाई काजमा इप्रका मालाखेतीमा खटाइएको हो ।
इप्रका मालाखेतीमा डिएसपीको दरबन्दी नभएका कारण विगत देखि नै यहाँ काजमा डिएसपी खटाइँदै आएका छन् ।

















