धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक, वडा नम्बर ८ कान्तिपुर टोल तथा कैलारी गाउँपालिका–५ छोटी पलिया क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ७२ हजार १ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

बरामद सामानमा चिनी, बिडी, विभिन्न किसिमका कपडा, मसला, प्लास्टिक थाली, मोजा, कट्टु लगायत रहेका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।


















