महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाडीस्थित भित्री कच्ची सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार साँझ सोही ठाउँ बस्ने ४५ वर्षीय गौरी सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।