धनगढी – धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए । दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















