खाेज्नुहाेस

अत्तरियामा रहेको भि.एल.सि.सि. व्युटिपार्लरमा एक दिने छाला परिक्षण सेवा आयोजना

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको भि.एल.सि.सि. व्युटि पार्लर ट्रेडिङ्ग सेन्टरले छाला परिक्षण सेवा आयोजना गरेको छ । अत्तरियास्थित राष्ट्रिय वाणिज्य बैंकको तल रहेको सो व्युुटिपार्लर सेन्टरले आईतबार एक दिनका लागि सो परिक्षण सेवा आयोजना गरेको हो ।

navjiwan hospital

छाला परिक्षण नगरेरै छालाका क्रिमहरु लगाएर विभिन्न समस्याहरु देखा परेका महिलाहरुका लागि आफूले छाला परिक्षण आयोजना गरेको उक्त व्युटिपार्लरकी सञ्चालिका तुलसी कुमारी बोहराले बताईन । उनले छाला परिक्षण सेवामा छालाको अवस्था र छालाको अवस्था अनुसारका क्रिमहरु लगाउने विषयमा जनचेतना दिईएको बताईन । उनले छालाको परिक्षण बिना कुनै पनि किसिमका क्रिमहरु लगाउन नहुने समेत बताईन ।

attariya hospital

उनले एक दिने सो परिक्षणमा करिब ३५ जना महिलाहरुले सेवा लिएको बताईन । उनका अनुसार छालाको परिक्षणका लागि न्यूनतम शुल्क तोकिएको थियो । ‘बजारमा छालाको परिक्षण गर्दा र छाला परिक्षण पश्चात औषधीका लागि महंगो शुल्क लाग्ने गर्छ’ उनले भनिन् ‘तर हामीले शिविरमा छालाको परिक्षण एकदमै सस्तो गरेका छौ भने औषधीहरु पनि त्यस्तै दिएका छौ ।’

विगत १३ वर्षदेखी पार्लरको काम गर्दै आएको बताउदै उनले आफूले व्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु समेत दिने गरेको बताईन ।