खाेज्नुहाेस

सेती अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कारपियोमा आगलागी

Image

धनगढी – सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ ।

navjiwan hospital

शनिबार साँझ बाप्र०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनकाअनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ ।

आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए । आगलागी धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो ।