खाेज्नुहाेस

मष्टाधामलाई शिव र गणेश भगवानको मुर्ति सहयोग

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा रहेको मष्टाधामलाई मुर्ति सहयोग गरिएको छ । गोदावरी नगरपालिका– ५ निवासी टेक बहादुर बुढाले मष्टाधामका लागि २ वटा मुर्ति सहयोग गरेका हुन ।

navjiwan hospital

उनले आफ्ना स्वर्गिय बुवा सुन्त सिँह बुढाको सम्झनामा मष्टाधामलाई २ वटा मुर्ति सहयोग गरेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले जानकारी दिए । उनका अनुसार बुढाले शिव भगवान र गणेश भगवानको मुर्ति सहयोग गरेका हुन ।

attariya hospital

मष्टाधाम व्यवस्थापन समितिले गत वर्षदेखी मष्टाधाम क्षेत्रमा शिवरात्री मेलाको आयोजना सुरु गरेको थियो । अब आउँदो शिवरात्री मेलामा सहयोग स्वरुप प्राप्त भएका उक्त मुर्तिहरु स्थापित गरिने अध्यक्ष साउँदले जानकारी दिए ।