अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन । शुक्रबार गोदावरी नगरपालिका – २ महेन्द्रनगर रोड अत्तरियाबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ४ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ घर भई हाल गोदावरी नगरपालिका – २ का होटल सञ्चालक ३६ वर्षीय तिलक वलि, धनगढी उपमहानगरपालिका – १० की १९ वर्षीय संगिता राना, कैलारी गाउँपालिका – ८ की १९ की नबिना चौधरी र बझाङको जयपृथ्वी नगरपालिका – ७ की १९ की अस्मिता खत्री रहेका छन ।

उनीहरुलाई लागूऔषधको कारोबार भैइरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले तिलक बहादुर वलीले संचालन गरेको आरबि होटेलमा खानतलासी गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

















