खाेज्नुहाेस

इप्रका मालाखेतीका डिएसपी चन्दको डोटी सरुवा

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक डिएसपी रण बहादुर चन्दको सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय डोटी सरुवा भएको हो ।
attariya hospital
navjiwan hospital
नेपाल प्रहरीमा शुक्रवार ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा हुने क्रममा चन्दको डोटी सरुवा भएको हो ।
डिएसपी चन्द अत्तरिया आउनु अघि पनि डोटीमै रहेको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलमा कार्यरत रहेका थिए । उनी गत वर्ष वैशाखमा सरुवा भएर अत्तरिया आएका थिए ।