खाेज्नुहाेस

नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी

Image

धनगढी– नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अध्याबधिक गरिसक्नुपर्ने निर्णय गरेसँगै जिल्ला सभापति नारायण भट्टको निर्देशनमा तालाबन्दी गरिएको हो ।

navjiwan hospital

बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक गर्ने कार्य जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको थियो । त्यसको बिरोधमा पूर्वसभापति शेरबहादुर देउवा समूह रहेको छ । कैलाली सभापति भट्ट पनि देउवा समूहका नेता हुन् । उनको नेतृत्वमा नै पार्टी कार्यालयमा ताला लगाइएको स्रोतले जानकारी दिएको छ । कैलालीको धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापति लगायत नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी कार्यालयको मुल गेट र भित्र कार्यकक्षमा ताला लागेको छ । कार्यालयको पछाडि पट्टी सिडी लगाएर नेता तथा कार्यकर्ता भित्र छिरे पनि सबै कोठामा ताला लगाइएकाले कामकाज अबरुद्ध भएको छ ।

attariya hospital

विशेष महाधिबेशनको बिरुद्दमा रहेकाहरूले कांग्रेस केन्द्रीय समितिले हाल सदस्यता अद्यावधिक गर्ने भनिएको निर्णय कार्यान्वयन नगर्ने बताइरहेका छन् । कार्यालय बन्द भएपछि सदस्यता नवीकरण, नयाँ सदस्यता अध्यावधिक तथा संगठनात्मक काम पूर्ण रूपमा प्रभावित बनेको बताइएको छ । पार्टी कार्यालयमै तालाबन्दी भएपछि कार्यकर्तामाझ अन्योल र असन्तुष्टि बढेको छ । स्थानीय तहसम्म संगठन विस्तार र सदस्यता व्यवस्थापनको महत्वपूर्ण समयमा उत्पन्न भएको विवादले कांग्रेस कैलालीको आन्तरिक एकतामाथि प्रश्न उठाएको नेताहरुको भनाइ छ ।