धनगढी – कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीमा ट्याक्टर दुर्घटना हुँदा चालक कृष्णपुर नगरपालिका–१ निवासी २६ वर्षीय सन्दीप खड्काको मृत्यु भएको हो ।

बिहिबार दिउँसो ढुङ्गा बोकेर आउँदै गरेको ट्याड्ढक्टर शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीको भित्री सडकखण्डमा अचानक अनियन्त्रित भएर पल्टिँदा चालक खड्का च्यापिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशिक अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो ।



















