खाेज्नुहाेस

गोदावरीमा बजार अनुगमन गरेको २ साता पछि कारबाही गर्ने चेतावनी सहितको सूचना जारी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २ साता अघि गरेको बजार अनुगमनमा क्रममा भेटिएको त्रुटि नदोहो¥याउन सूचना जारी गरेको छ । नगरपालिकाले वैशाख १३ देखि १६ गते सम्म गरेको अनुगमनका क्रममा दूषित खाद्यपदार्थ सडेगलेका फोहर मैला मिसिएको अवस्थामा राखिएको, तयार पारिएको, म्याद गुज्रेका खाद्य वस्तु पाइएकोले त्यसता मानव उपभोग्य तथा पशुपन्छी उपभोग्य बस्तु बिक्री वितरण नगरिदिन तथा मूल्य सूची नराखिएका व्यवसायीहरूले मूल्य सूची समेत राखी बिक्री वितरण गर्न सूचना जारी गरेको हो ।

navjiwan hospital

प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीद्धारा हस्ताक्षरित सूचनामा सूचना को विपरीत गरी लापरबाही गरेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिइएको छ ।

attariya hospital

गोदावरी नगरपालिका क्षेत्रमा प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, स्थानीय उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ तथा सञ्चारकर्मी सहितको बजार अनुगमन गर्दा केही खाद्यान्न पसल, डेरी पसल, एग्रोभेट, होटल, मिठाई पसल तथा मासु पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरीत सामग्री पाइएको सूचनामा उल्लेख छ ।