धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

बुधबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २६ हजार ५ सय रुपैयाँ बराबरका सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित निकायमा बुझाउने जनाएको छ ।



















