खाेज्नुहाेस

लम्कीचुहा नगरपालिकामा तालाबन्दी

Image

धनगढी – लम्कीचुहा अस्पतालको स्तरोन्नति गर्न माग गर्दै आन्दोलित स्थानीयहरूले बुधबार प्रदर्शन गर्दै लम्कीचुहा नगरपालिकामा तालाबन्दी गरेका छन् ।

लम्कीचुहाकी नगरप्रमुख सुशिला शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आपसी विवादका कारण नगरप्रमुख शाहीले उक्त अस्पताल स्तरोन्नतिमा अवरोध गरेपछि स्थानीय आक्रोसित हुँदै आन्दोलनमा उत्रिएका हुन्र ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

नगरपालिकाकै आग्रहमा प्रदेश सरकारले संघीय सरकारको स्वीकृति लिएर उक्त १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्ने योजना बनाएको थियो ।

सोही योजना अनुरुप प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त अस्पतालको स्तरोन्नतिका लागि पटक पटक पत्र पठाएर बोलाएपनि नगरपालिकाले बेवास्ता गरेको थियो । त्यसपछि चैत १ गते प्रदेश सरकारले उक्त अस्पताल विकास तथा व्यवस्थापन समिति गठन गरी तीन जना कर्मचारी हटाएको थियो । तर, बैशाख २८ गते अस्पतालमा हाजिर हुन पुगेका प्रदेश सरकारका कर्मचारीलाई नगरप्रमुख शाहीले नगरप्रहरी पठाई हाजिर हुन अवरोध गरेकी थिइन् ।

योसंगै प्रदेश सरकारले चार करोड रुपैयाँ विनियोजन सहित उक्त अस्पताल स्तरोन्नति गर्न बनाएको योजना अलपत्र पर्ने र विनियोजित बजेट समेत फ्रिज हुने भएपछि स्थानीयहरु अस्पतालको स्तरोन्नतिको माग राख्दै आन्दोलन गरिरहेका छन् ।