खाेज्नुहाेस

बाजुरामा खोलामा बगेर वेपत्ता भएका बालक मृत फेला

Image

बाजुरा – बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन क्रममा बेपत्ता भएका बालका मृत फेला परेका छन । आइतबार स्थानीय चंखलाल थापाका छोरा अन्दाजी १४ वर्षीय नबराज थापा साथीहरूसँग खोलामा नुहाउन गएका बेला बगेर बेपत्ता भएका थिए ।

navjiwan hospital

नबराज खोलाले बगाएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिच्छिया, बाजुराबाट प्रहरी हवल्दारको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गर्दा सोमबार नबराज थापा मृत अवस्थामा फेला परेका हुन् ।

attariya hospital

मृतक बालक थापाको शव उनी बगेको स्थानबाट करिब ४ सय मिटर तल खोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ खटिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।