काठमाडौं – सरकारले नागरिक एपमार्फत कृषि, पर्यटन र यातायातमा पूर्वसूचना दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गर्दै प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने घोषणा गरेका छन् ।

सरकारले दूरसञ्चार क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्ने, दुर्गम क्षेत्रसम्म डिजिटल प्रविधिको विस्तार गर्ने, हुलाकसेवाको आधुनिकीकरण र विविधिकरण गर्ने पनि उल्लेख गरेको छ ।


















