खाेज्नुहाेस

अचेत भेटिएका वृद्धको उद्धार, महाकाली अस्पतालमा उपचार हुँदै 

Image
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ सब्जीमण्डीमा अचेत अवस्थामा भेटिएका वृद्धको प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो नाम थर नखुलेका अन्दाजी ६०÷६५ वर्षीय पुरुषको प्रहरीले उद्धार गरेको हो ।
attariya hospital
navjiwan hospital
प्रहरीले सेतो कलरको सर्ट, सेतो पैजमा लगाएको, कपाल र दारी फुलेको, उचाइ अन्दाजी ५.५.फिट, वर्ण गोरो, अवस्था सिरियस रहेकाले चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।