अत्तरिया– कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र खड्का निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार खड्का १ हजार १२२ मत ल्याएर निर्वाचित भएका हुन । उनी पुर्व शिक्षक पनि हुन । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा सह प्रध्यापकको रुपमा काम गरिसकेका उनी हाल अत्तरिया क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन । अध्यक्षमा उनी सँगै ३ जनाको प्रतिष्पर्धा भएको थियो । जसमा अर्का उम्मेदवार गणेश शाहले ७४२ र हर्क बहादुर शाहले ५३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा खड्का प्यानलबाटै निर्वाचन लडेका लक्ष्मण बहादुर कठायत निर्वाचित भएका छन् । उनले ७७५ मत प्राप्त गरे । उपाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । जसमा प्रतिष्पर्धी प्रेम सिंह कडायतले ६४८ मत प्राप्त गरे भने चन्द्र सिँह धामीले ३८१ र पुष्पराज चटौतले ४३१ मत प्राप्त गरे ।

त्यस्तै महासचिव, सचिव र कोषाध्यक्षमा पनि खड्का प्यानलबाटै निर्वाचन लडेका उम्मेदवारहरु निर्वाचित भएका छन् । महासचिवमा खड्का प्यानलबाट निर्वाचन लडेका धर्म सिंह कुँवर ८११ मत, सचिवमा छविन्द्र नाथ योगी ८८९ र कोषाध्यक्षमा भोज बहादुर साउँद ९२९ मत सहति निर्वाचित भए । महासचिव र सचिवमा ४/४ जना बिच प्रतिष्पर्धा भएको थियो भने कोषाध्यक्षमा ३ जना उम्मेदवार बिच प्रतिष्पर्धा भएको थियो ।

महासचिवका अन्य उम्मेदवारहरुमा धनराज बिष्ट जोशीले ४७८, गोरख बहादुर कडायतले ४४९ र तिर्थराज ओझाले ५०२ मत प्राप्त गरे । त्यस्तै सचिव पदका अन्य उम्मेदवारहरुमा मदन शर्मा जोशीले ८४५ र टेक बहादुर मल्लले ४४६ मत प्राप्त गरे ।
कोषाध्यक्षमा उम्मेदवारी दिएका नर बहादुर बलायरले ६२७, सुरेन्द्र बहादुर साउँदले ३२२ र बाबुराम बलम्पाकीले ३७३ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पुरुष सदस्यमा खड्का प्यानलका रमेश कडायत ८६६ मत र हर्क शाह प्यानलका धर्मराज भट्टले ७३९ मत ल्याउँदै जित हासिल गरेका छन् । पुरुष सदस्यको कुल २ पदका लागि ७ जना निर्वाचनमा होमिएका थिए । त्यस्तै महिला सदस्यहरुमा खड्का प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् । खड्का प्यानलबाट चुनाव लडेकी चन्द्रा कुमारी कठायतले ८६०, जमुना देवी साउँदले ९३२, राधा बिष्ट कूँवरले ७८१ र खिमादेवी ओझाले ८५७ मत प्राप्त गर्दै जित हासिल गरिन । शनिबार भएको निर्वाचनमा खड्का प्यानल सहित निर्वाचनमा होमिएका थिए । महिला सदस्य पदमा १३ जनाले उम्मेदवारी दिएका थिए ।
५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।



















