अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिवार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म सय मत गणना सकिदा अध्यक्षमा राजेन्द्र खड्काले अग्रता लिइरहेका छन । सुरुदेखि अग्रता लिइरहेको खड्काले ५४२ मत पाएका छन । गणेश शाहले ३२२ मत सहित उनलाई पछ्याइरहेका छन् । त्यस्तै हर्क शाहले २६४१ मत ल्याएका छन् ।

५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।

















