खाेज्नुहाेस

सरकारले नागरिकमाथि दमन गरिरहेको छ : विश्वप्रकाश शर्मा

Image

धनगढी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारले गरिरहेको गतिविधि उपयुक्त नभएको बताएका छन् । ‘जरा अभियान’ को क्रममा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले सुकुम्बासी र भूमिहीनहरूलाई घरविहीन बनाएर सरकारले नागरिकमाथि दमन गरिरहेको बताए ।

‘सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,’ उनले भने, ‘मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले मन्दिर र घण्टी भत्काइरहेको छ।’पहिले भूमिहीनहरूको उचित व्यवस्थापन आवश्यक रहेको उनले बताए ।

attariya hospital
navjiwan hospital

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयले सरकारको नियतमाथि प्रश्न उठाएको पनि उनले बताए। सरकारका राम्रा काममा समर्थन रहने भए पनि संविधान र लोकतन्त्रविरुद्धका गतिविधिमा भने मौन नबस्ने उनको भनाइ थियो ।

‘संविधानभित्र रहँदासम्म मात्रै नयाँ बनेको सरकारलाई हाम्रो साथ, सहयोग र समर्थन रहन्छ । तर सरकारका गतिविधि त्यो अनुसार देखिँदैनन्,’ उनले भने । उनले लोकतन्त्रलाई नियन्त्रित बनाएर राज्यका सबै निकाय कब्जा गर्ने नीति सरकारको रहेको आरोप लगाए । ‘त्यसमा हाम्रो समर्थन रहँदैन,’ उनले भने ।कांग्रेसले आफ्ना पुराना कमजोरी अन्त्य गरेर नयाँ ढंगले अघि बढ्ने पनि उनले बताए।‘

हामीले आत्मालोचना गर्नुछ, गरिरहेका छौं । पुरानो ढंगले चलेर अगाडि बढ्न सकिँदैन भनेर नयाँ ढंगले जान विशेष महाधिवेशनमार्फत लागेका छौं, उनले भने । कांग्रेस सभापतिमा गगन थापा भए पनि शेरबहादुर देउवा लाई उत्तिकै स्मरण गरिने उनले बताएका थिए । देश निर्वाचनतर्फ जाँदै गरेको भन्दै नेता–कार्यकर्तालाई त्यही अनुसार अघि बढ्न उनले निर्देशन दिएका थिए ।