खाेज्नुहाेस

सेवा सुविधाको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै मेयर हमाल

Image

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधाबापत आफूले प्राप्त गर्दै आएको रकमलाई सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन ।

navjiwan hospital

उनले आफूले पाएको सेवा सुविधाको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका हुन । उनले आफूले सेवा सुविधाबापत पाएको ३८ लाख ८२ हजार रकममा ५ लाख १७ हजार थपेर ४४ लाख रुपियाँ सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन ।

attariya hospital

उनले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच, गौ संरक्षण र व्यवस्थापनका लागि उक् रकम खर्च गर्ने बताएका हुन ।

यसैगरी, दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रवास, खगेन्द्र नवजीवन केन्द्रलाई पनि सहयोग गरेको पत्रकार सम्मेलनको आयोजना गरेर हमालले जानकारी दिए ।