खाेज्नुहाेस

अब एन्ड्रोइड गेमहरू सिधै कम्प्युटरमा खेल्न सकिने

Image

काठमाडौं –  मोबाइलमा खेल्दा रमाइलो लाग्ने धेरै गेमहरू लामो समयसम्म खेल्दा असहज महसुस हुन सक्छ । सानो स्क्रिनले आँखा थकाउने र बारम्बार चार्ज गर्नुपर्ने बाध्यताले गेमिङ अनुभवलाई कमजोर बनाउँछ । यस समस्याको समाधानका रूपमा गुगलले Google Play Games नामक आधिकारिक प्लेटफर्म उपलब्ध गराएको छ ।

यस एपमार्फत अब प्रयोगकर्ताले आफ्ना मनपर्ने एन्ड्रोइड गेमहरू सिधै कम्प्युटरमा खेल्न सक्नेछन् । यसको विशेषता भनेको कुनै पनि अविश्वसनीय इम्युलेटर वा शंकास्पद डाउनलोडको आवश्यकता नपर्ने हो । पूर्ण रूपमा गुगलद्वारा विकास गरिएको यो सेवा सुरक्षित र सहज मानिन्छ ।

attariya hospital

Google Play Games मार्फत प्रयोगकर्ताले आफ्नो Google account प्रयोग गरी गेमहरू डाउनलोड गर्न र सजिलै साइन इन गर्न सक्नेछन् । सबै गेम स्वत: sync हुने भएकाले मोबाइलमा सुरु गरिएको गेम PC मा पनि त्यहीँबाट निरन्तर खेल्न सकिन्छ ।

navjiwan hospital

यसले गेमिङ अनुभवलाई अझ सहज बनाएको छ, जहाँ प्रयोगकर्ताले ठूलो स्क्रिन र keyboard, mouse वा controller प्रयोग गरेर राम्रो कन्ट्रोल पाउन सक्छन् ।

Google Play Games को प्रमुख सुधारमध्ये एक यसको peripherals (सहायक उपकरण) मा आएको परिवर्तन हो । अब प्रयोगकर्ताले keyboard र mouse प्रयोग गरेर मोबाइल गेम खेल्न सक्छन् ।

त्यसैगरी, ठूलो स्क्रिनमा गेम खेल्न पाउँदा दृश्य अनुभव पनि निकै राम्रो हुने बताइएको छ, जसले समग्र गेमिङलाई अझ रमाइलो बनाउने अपेक्षा गरिएको छ । Google Play Games मार्फत मोबाइल गेमलाई PC मा खेल्ने प्रक्रिया निकै सहज रहेको प्रयोगकर्ताहरूले बताएका छन् ।

पहिले प्रयोग गरिने Android emulator भन्दा यो सेवा धेरै स्थिर र सहज अनुभव दिने बताइएको छ । साथै अनावश्यक विज्ञापन नहुने पनि यसको अर्को फाइदा मानिएको छ ।

हाल यसको गेम लाइब्रेरी तीव्र रूपमा विस्तार भइरहेको छ र यसमा २ लाखभन्दा बढी शीर्षकहरू उपलब्ध रहेको दाबी गरिएको छ । उपलब्ध सबै गेमहरू PC मा राम्रो प्रदर्शनका लागि अनुकूलित गरिएको बताइन्छ, जसले गेमिङ अनुभवलाई अझ सुधार गर्ने अपेक्षा गरिएको छ ।