धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताएका छन । सोमबार एक कार्यक्रमकाबीच बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले सीमित स्रोत साधनका बावजुद पनि प्रदेश सरकार गुणस्तरीय शिक्षामा जोड दिइरहेको उल्लेख गरे ।

मुख्यमन्त्री शाहले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई समेत सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ प्रदेश सरकार सक्रिय रहेको जानकारी दिए ।

कलेजको भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा १० करोड विनियोजन गरेको छ । शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने सामाजिक विकास सचिव डा. हेमराज रेग्मी सहितको उपस्थिति रहेको थियो ।


















