खाेज्नुहाेस

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज कारागार चलान

Image

धनगढी – अनमीलाई कुटपिट गर्ने बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

navjiwan hospital

लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई चैत २२ गते धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।

attariya hospital

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको थियो। लुहारले इट्टाले भट्टको टाउको र हातमा प्रहार गरेका थिए।

कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा राखेको थियो। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।