खाेज्नुहाेस

आगलागीबाट ४ चौपायाको जलेर मृत्यू

Image

अत्तरिया – बझाङ र बैतडीमा आगलागीबाट ४ चौपायाको मृत्यु भएको छ । बझाङको मष्टा गाउँपालिका – ५ द्धारीका राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराती आगलागी हुँदा गोठमा बाधेका २ वटा गोरुको जलेर मृत्यु भएको हो ।

navjiwan hospital

आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती नभएको प्रहरीले जनाएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

attariya hospital

यस्तै बैतडी सिगास गाउँपालिका – ५ ठुला खोला स्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जलेर घाईते भएका प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ जलेर नष्ट भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।