खाेज्नुहाेस

कैलालीको गेटा बजारमा अनुगमन, १३ हजारका अखाद्य वस्तु बरामद

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले सोमबार गेटा बजारमा अनुगमन गरेको छ । आईतबार देखी नगरभित्रका विभिन्न बजार अनुगमन गरिरहेको नगरपालिकाले मंगलबार वडा नं. ५ स्थित गेटा बजारमा अनुगमन गरेको हो ।

navjiwan hospital

गेटामा रहेका किराना, डेरी, होटल लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको गोदावरी नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत लोक बहादुर खड्काले बताए । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा बजार अनुगमन गरिएको बताए ।

attariya hospital

उनका अनुसार मंगलबार गेटामा ३२ वटा पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा करिब १३ हजार १६० रुपैया बराबरका अखाद्य तथा म्याद नाघेका बस्तुहरु बरामद गरिएको थियो । बरामद गरिएका बस्तुहरु नगरपालिकाले नष्ट गरिसकेको उनले बताए ।