खाेज्नुहाेस

ललितपुरका मेयर महर्जन भन्छन ‘धनगढीको विकास देखेर छक्क परे

Image

धनगढी – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै ललितपुरले धनगढीबाट धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

मेयर महर्जन धनगढीबाट सोमवार परशुराममा हुने कार्यक्रममा सहभागी हुनेछन् । धनगढीले नेपालमै पहिलो पटक सुरु गरिएको यस तालिमको उद्घाटनका क्रममा मेयर महर्जनले धनगढीको ६ लेन सडक, त्यहाँ जडान गरिएका स्मार्ट लाइट र सडकको हरियाली देखेर आफू निकै प्रभावित भएको बताए ।

attariya hospital

‘म त धनगढीको बत्ती बलेको देखेर छक्क परेँ, लेभल मिलेको बत्ती देखेर म एकदम खुसी छु, धनगढीले गोपाल हमाल जस्तो काम गर्ने मेयर पाउनु गर्वको कुरा हो’,उनले भने ।

navjiwan hospital

मेयर महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको सानो भूगोलको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे । उनले ललितपुरमा पेट्रोल–डिजेलका गाडी नकिन्ने नीति लिइएको र फोहोर बोक्ने बाहेकका सबै गाडी विद्युतीय खरिद गरिसकिएको जानकारी दिए । धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापनको यो नमुना कार्यक्रम आफूले पनि ललितपुरमा लागू गर्ने उनले बताए ।

कार्यक्रम उनले आफू र धनगढीका मेयर गोपाल हमालबिच चार वर्षअघि मलेसियामा भेट हुँदा स्मार्ट सिटीको अवधारणाबारे छलफल भएको स्मरण गर्दै अहिले धनगढीले त्यसलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरे ।

धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा मेयर महर्जनले भूकम्पपछि ललितपुरका मन्दिर पुननिर्माणमा जनसहभागिताबाटै ठुलो रकम सङ्कलन गरी काम गरिएको अनुभव समेत साटे ।

‘हामी एक अर्काबाट सिक्ने हो, धनगढी अहिले नमुना काम गरिरहेको उत्कृष्ट उपमहानगरपालिका बनेको छ,’ उनले भने ।