खाेज्नुहाेस

जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा

Image

डडेल्धुरा – डडुल्ुधराको जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ का ७ वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।

navjiwan hospital

एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा युवराजको बाटोमै मृत्यु भएको थियो ।

attariya hospital

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् ।

उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए ।