खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान लागि सिफारिस

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ ।

navjiwan hospital

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन् ।

attariya hospital

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहिबार अपराह्न ४ बजे प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।

सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए । सो क्रममा समसमायिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ ।