खाेज्नुहाेस

गर्मीमा फ्रिजको भन्दा माटोको भाँडाको पानी स्वस्थकर

Image

काठमाडौँ – गर्मीमा चिसो पानी पिउँदा राहत मिल्छ । तर हाम्रो मनमा बेला बेलामा प्रश्न उठिरहन्छ, फ्रिजमा राखेको पानी राम्रो हो कि माटोको भाँडाको ? यी दुईबिचको भिन्नता के हो ? हाम्रो लागि सही पानी कुन चाहिँ हो ? गर्मीमा चिसो पानी सबैको प्राथमिक आवश्यकता बन्छ ।

प्रायः एउटा प्रश्न पनि उठ्छ: के माटोको भाँडोको पानी साँच्चै स्वस्थकर छ, र फ्रिजको पानी हानिकारक छ ? विज्ञहरू पानी चिसो बनाएर पिउने दुवै तरिका सुरक्षित छ भन्छन् । यसको अर्थ फ्रिज र माटोको भाँडो दुवैबाट पानी पिउनुमा कुनै हानि छैन । तर यसको लागि केही कुरामा सावधानी भने अपनाउनु पर्छ ।

attariya hospital

फ्रिजमा राखिएको पानी प्रायः चाहिनेभन्दा धेरै चिसो हुन्छ । यस्तो अवस्थामा, धेरै चिसो पानी पिउँदा घाँटीमा इरिटेशन वा असहजता हुन सक्छ । कसैको घाँटी संवेदनशील छ भने त झन् फ्रिजमा राखिएको पानी पिउने बित्तिकै घाँटी ख्याप्पै बस्न सक्छ । केही अवस्थामा, पानीमा रहेका खनिजहरू अत्यधिक चिसो हुने प्रक्रियाको क्रममा प्रभावित हुन सक्छन् । यद्यपि, यो हरेक अवस्थामा हुँदैन । यसबाहेक, फ्रिजको सबैभन्दा ठुलो फाइदा यसको सुविधा हो । पानी चाँडै चिसो हुन्छ, यसलाई भण्डारण गर्न सजिलो बनाउँछ, र स्वच्छता कायम पनि राख्न गाह्रो छैन ।

navjiwan hospital

माटोको भाँडोमा राखिएको पानीलाई किन उत्तम मानिन्छ ?

माटोको भाँडोमा पानी प्राकृतिक रूपमा चिसो हुन्छ, त्यसैले यो धेरै चिसो हुँदैन र घाँटीको लागि पनि यो आरामदायक नै मानिन्छ । त्यसकारण, धेरै चिसो पानी पिउँदा समस्या हुनेहरूका लागि माटोको भाँडो उपर्युक्त हुन्छ । माटोको भाँडोमा पानीमा रहेका खनिजहरू जस्ताको तस्तै रहन्छन् । यद्यपि, माटोको भाँडो प्रयोग गर्दा सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । यदि भाँडो खुला छोडियो वा फोहोर वा कीराहरू प्रवेश गरे भने त्यस्तो पानी स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । समग्रमा, फ्रिजको पानी खराब छ वा माटोको भाँडोको पानी सबैभन्दा राम्रो छ भन्नु सही होइन । सही तरिका त आफ्नो आवश्यकता र परिस्थिति अनुसार दुवै प्रयोग गर्नु हो ।

पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरू

अत्यधिक चिसो पानी तपाईंको लागि उपयुक्त छैन भने माटोको भाँडोको पानी राम्रो विकल्प हुन सक्छ । तपाईंलाई सुविधा र तत्काल चिसो पानी चाहिएको छ भने फ्रिज प्रयोग गर्न सकिन्छ । गर्मीमा पानी पिउनु महत्त्वपूर्ण छ । तर योभन्दा अहम् कुरा चाहिँ यसलाई सही तरिकाले पिउनु हो । चाहे त्यो माटोको भाँडोबाट होस् वा रेफ्रिजरेटरबाट, सफा पानी र सन्तुलित तापक्रम तपाईंको स्वास्थ्यको लागि उत्तम हुन्छ ।