खाेज्नुहाेस

गृहमन्त्री गुरुङले दिए राजीनामा

Image

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गृहमन्त्रीले बुधबार दिँउसो प्रधानमन्त्री बालेनशाह लाई राजीनामा बुझाएका हुन् ।

विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए ।

attariya hospital

उनले आफूले राजीनामा बुझाएको बताएका छन् । उनले भने ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

navjiwan hospital

उनी थप्छन् ‘त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

गुरुङसंग स्टार माइक्रो इन्स्योरेन्स र लिबटी माइक्रो लाइफमा २५\२५ हजार कित्ता सेयर भेटिएको थियो । यद्यपी उनले आफ्नो लगानिको स्रोत भने प्रधानमन्त्री बालेन शाह र उनका सल्लाहकार कुमार वेनलाई बुझाएका थिए ।

प्रधानमन्त्रीको टीमले समेत उनको लगानिबारे गोप्य रुपमा अनुसन्धान गरेको थियो । आफ्नो बारेमा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले पनि आफु राजीनामा दिएर सघाउन तयार रहेको बताएका थिए ।

भट्ट समेत लगानिकर्ता रहेको कम्पनीमा उनको सेयर देखिएपछि उनलाई राजीनामा गर्न दबाव थियो । राजीनामाका लागि उनले प्रधानमन्त्री शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार वेनसंग मंगलवार छलफल गरेका थिए । शेखर गोल्छासहित केही व्यापारीमाथि अनुसन्धान अघि बढेपछि उनलाई हटाउन लविङ सुरु भएको थियो ।