खाेज्नुहाेस

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु

Image

धनगढी – गणतन्त्र स्थापनापछि कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले पुनः “महेन्द्रनगर नगरपालिका” नाम कायम गर्न माग गरेका छन्।

navjiwan hospital

अभियानमार्फत स्थानीय बासिन्दाको समर्थन संकलन गरी नाम पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्ने उद्देश्य रहेको अभियानकर्ताहरूले बताएका छन्।

attariya hospital

अभियान एक महिनासम्म सञ्चालन गरिने र यस अवधिमा संकलित हस्ताक्षरहरू सङ्घीय सरकारसमक्ष पेश गरिने जनाइएको छ। नाम परिवर्तनले स्थानीय पहिचान र ऐतिहासिक महत्व ओझेलमा परेको भन्दै युवाहरूले पुरानो नाम पुनःस्थापना गर्नुपर्ने धारणा राखेका छन्।