खाेज्नुहाेस

धनगढीमा यात्रुसँग बढी भाडा असुल्ने अटोचालक पक्राउ

Image

धनगढी – कैलालीको गौरीफन्टा नाकामा आइतबार बिहान भारतबाट फर्किने क्रममा बाजुराको बूढीगंगा नगरपालिका–८ कि सुनिता कुमालबाट तोकिएको दर भन्दा अस्वभाविक रकम असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले अटो चालक केशव सिंह रावल र उनका सहयोगी भूगालीराम चौधरीलाई नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले दुवै जनालाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको बताए । उनकाअनुसार दुवै जनाले कुमालबाट गौरीफन्टा नाकाबाट धनगढी बसपार्कसम्म पु¥याएबापत एक हजार पाँच सय भारतीय रूपैयाँ लिएको स्वीकारेका छन् । उनीहरूले कुमालको झोला पारी गौरीफन्टा नाकाबाट वारीसम्म बोकेर ल्याएकोसमेत गरेर उक्त रकम लिएको बताएका छन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । उनकाअनुसार भारतबाट फर्किएका पीडित बाजुरा हिडिसकेका कारण कारबाहीका लागि जाहेरी भने परेको छैन् तर उनीहरूले असुली गरेको रकम सम्बन्धित पक्षलाई फिर्ता गराइनेछ ।