खाेज्नुहाेस

अब अनलाइनबाटै पेन्सनको नवीकरण गर्न सकिने

Image

काठमाडौं – अब अनलाइनबाटै पेन्सनको नवीकरण गर्न सकिने भएको छ। आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ई-पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गरेसँगै अनलाइनबाटै पेन्सनको नवीकरण गर्न सकिने भएको हो।

navjiwan hospital

यससँगै साढे ३ लाख पेन्सनकर्ताको झन्झट अन्त्य भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गरेका हुन्।

attariya hospital

अब पेन्सनकर्ताले पेन्सन नवीकरण र बैंक छनौट लगायतका झन्झट बेहोर्न पर्ने छैन। सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ।

यो योजनामा तीन लाख ५२ हजार ८१६ (निष्क्रिय ४४ हजार समेत) निवृत्तभरक रहेका छन्।