खाेज्नुहाेस

गेटा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट सुनिश्चित भइसकेको छ, अब शङ्का गर्नु पर्दैन : सांसद कोइराला

Image

अत्तरिया – प्रतिनिधि सभा सदस्य खेम राज कोइरालाले गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेटको सुनिश्चितता भइसकेको बताएका छन् ।

मंगलबार अत्तरियामा विश्वविद्यालय समन्वय समिति लगायत स्थानीय सँगको छलफल कार्यक्रममा उनले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटका लागि प्रधानमन्त्री, अर्थमन्त्रीबाट प्रतिबद्धता प्राप्त भइसकेको बताए ।

attariya hospital
navjiwan hospital

उनले भने ‘आगामी आर्थिक वर्षमा यहाँबाट माग गरिएको २ अर्ब ५८ करोड आवश्यक छ त्यो बजेट उपलब्ध गराउँछौ भनेर प्रधानमन्त्री र अर्थमन्त्रीबाट प्राप्त गरिसकेकाले अब यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन ।’

भिडियो