खाेज्नुहाेस

पेट्रोल २ सय नाघ्यो, डिजल १८२

Image

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

navjiwan hospital

निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।

attariya hospital

१ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल-मट्टितेलको मूल्य १५२ रूपैयाँ पुर्‍याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १८७ रूपैयाँ र डिजेल-मट्टितेलको मूल्य १६७ रूपैयाँ पुर्‍याएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।