खाेज्नुहाेस

कञ्चनपुर १ का सांसद धामीले प्रधानमन्त्री बालेनलाई सुनाए आफ्ना क्षेत्रका यी समस्या

Image

बेलौरी – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सासद जनक सिंह धामीले प्रधानमन्त्री बानेन्द्र (बालेन ) शाहलाई आफ्ना निर्वाचन क्षेत्रका समस्या समाधान गर्न आग्रह गरेका छन ।

मङ्गलबार धामीले प्राधानमन्त्री शाहलाई आफ्ना क्षेत्रका समस्याबारे जानकारी गराउदै समाधान गर्न आग्रह गरेका हुन । 

attariya hospital
navjiwan hospital

प्रधानमन्त्री शाहलाई सुदुरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सासदहरुसङ्ग भेटका क्रममा धामीले आफ्नो क्षेत्रमा सीमा समस्या लगायत विषयमा जानकारी गराएको बताए । 

उनले ११ वटा समस्या बारे प्रधानमन्त्रीलाई लिखित जानकारी गराउदै समाधान गर्न समेत आग्रह गरेका छन । धामी राष्ट्रिय स्वतन्त्र पर्टीबाट निर्वाचित सासद हुन ।

यि हुन उनले बालेन समक्ष राखेका समस्या 
– दोदा नदि र चौधर नदिमा तटबन्ध
– आरक्ष पिडितहरुको समश्या समाधान गर्न पहल गरिनु पर्ने
– सीमा ब्यवस्थापन बेलौरि भन्सार स्तरोन्नति
– कलुवापुर बेलौरी सडक खण्डमा निकुञ्जमा पर्ने सडक कालोपत्रे गर्न अनुमति दिई बजेट बिनियोजन गर्न
– बेलौरी बेलडाँडी हुलाकी सडक निर्माणको ठेक्का रद्द गरिएकोमा पुनः छिटो नयाँ ठेक्का लगाई काम अगाडि बढाईनु पर्ने ३८ न पिलर छेउछाउ बिवादित बनेको क्षेत्रलाई कुटनैतिक पहल गरि काम सुचारु गरिनु पर्ने
– डोकेबजार भन्सार पुल २४ घण्टा खोलिनु पर्ने र  धनगढी उप महानगरपालीका वडा न-३ र पुनर्वास वडा न-११ जोडन बैकल्पिक पुलको ब्यवस्था गरिनु पर्ने
– निर्माणाधीन खानेपानी योजना आयोजनाहरु तत्कार सुचारु गर्नु पर्ने
– सिमसार क्षेत्रहरुमा पानी निकासको ब्यवस्था
– तत्काल भुमि आयोग गठन गरि काम अगाडि बढाउनु पर्ने
– निर्माणाधीन स्वास्थ्यचौकीहरुमा बजेट बिनियोजन
– अन्तरिम सरकारले रोकेका योजनाहरु पुनः सुचारु गरिनु पर्ने