खाेज्नुहाेस

बेलौरी सीमामा भारतीय सुरक्षाकर्मीबाट कुटिए पन्नालाल

Image

बेलौरी – भारत सँग सीमा जोडिएको बेलौरीमा भारतीय सुरक्षाकर्मीबाट एक नेपाली कुटिएका छन् । सोमबार बिहान बेलौरी नगरपालिका १० शिव नगर बस्ने पन्नालाल चौधरी टिल्ला नम्बर ४ नजिक भारतीय सुरक्षाकर्मीबाट कुटिएका हुन ।

बिहान साइकलमा तरकारी ल्याएको खाली क्रेट टिल्ला नम्बर ५ पु¥याउन जाँदा सुरक्षाकर्मीले पछाडिबाट लाठी हानेको चौधरीले बताए । उनका अनुसार सीमामा दुई जना सुरक्षाकर्मी रहेका थिए । एक जना पोसाकमा भनेका अर्का बिना पोसाकमा थिए । पोसाक नलगाएको सुरक्षा कर्मीले दुई लाठी ढाडमा र तेस्रो लट्ठी छल्दा हातमा लागेको चौधरीले बताए ।

attariya hospital

’टिल्ला नम्बर ४ बस्ने जङ्गी (भारतीय तरकारी पसले) लाई ५ वटा खाली क्रेट दिनुपर्ने थियो, त्यही लगेर म जाँदै थिए’ चौधरीले भने ‘एसएसबीले सुरुमा रोकायो, रोकेपछि अन्य बाटोबाट घुमेर जाऊ भन्यो । म फर्किदा पछाडिबाट लाठी हाने ।’

तेस्रो लाठी हानेपछि आफूले ज्यान जोगाउन साइकल त्यही छाडेर भागेको चौधरीको भनाई छ । चौधरीका अनुसार त्यति बेला नेपाल तर्फ सशस्त्र प्रहरीको सो क्षेत्रमा ड्युटी थिएन । पछि दिउसो जङ्गीले साइकल फिर्ता ल्याई आफूलाई दिएको चौधरीले बताए ।

navjiwan hospital

चौधरी भारत सँग सीमा जोडिएको भुडा, सडकघाट, कलकत्ता क्षेत्रमा विगत २ वर्ष देखि तरकारी साइकलमा बेच्दै आएका छन् । नेपाली किसान र भारतबाट उनले तरकारी ल्याउँदै उनले व्यापार गर्दै आइरहेका छन् । चौधरीले भारतीय सुरक्षाकर्मीबाट आफूले पहिलो पटक नै यस्तो दुव्र्यवहार भोगेको बताए ।

घटना पछि मंगलबार (आज) चौधरीलाई लगेर सशस्त्र प्रहरी बिओपी पचुईबाट सशस्त्र प्रहरीको टोलीले टिल्ला नम्बर ४ स्थित रहेको एसएसबी सँग कुरा गरेको छ ।

सो क्रममा चौधरीको भारतीय सुरक्षाकर्मीले कुटपिट गरेको बताए पनि एसएसबी भने उक्त आरोप खारेज गरेको थियो । एसएसबीले आफू त्यति बेला सीमामा नगएको दाबी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चौधरीलाई बिहान अँध्यारो अवस्थामै ४ बजेको समयमा एसएसबी बस्ने ठाउँ भन्दा केही भित्र गाउँ नजिक पुग्दा त्यहाँको प्रहरी टोलीले रोकेको बिओपी सशस्त्र प्रहरी पचुईलाई एसएसबीले जानकारी गराएको थियो । प्रहरीले रोकेपछि उनलाई फर्कन भन्दा नफर्किँदा लाठी हानेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो कुरा दुई देश बिच हुने सीमा बैठकमा प्रहरी समेत राखेर कुरा गरिने सशस्त्र प्रहरीको भनाई छ । सशस्त्र प्रहरीले राती अनावश्यक सीमामा नजान समेत अनुरोध गरेको छ ।