खाेज्नुहाेस

मनु अभिव्यक्तिको आलेद्वारा भत्र्सना, कानुनी उपचारको बाटो अपनाउने चेतावनी

Image

अत्तरिया – फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नरनारायण शाह ‘मनु’ को विवादित अभिव्यक्तिको सोही क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका प्रेम आलेले भत्र्सना गरेका छन् ।

सोमबार आलेले आफ्नो फेसबुक मार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले मनुले आफूलाई मुछेर दिएको अभिव्यक्तिको भत्र्सना गरेका हुन ।

attariya hospital
navjiwan hospital

‘यस प्रकारका आधारहीन आरोप मार्फत मेरो राजनीतिक छवि धुमिल पार्न खोजिएको कार्यप्रति म कडा शब्दमा भत्र्सना गर्दछु’ उनको विज्ञप्तिमा भनिएको छ ‘यी अभिव्यक्तिलाई जिम्मेवार पार्टीको उम्मेदवारले दिएको गैह्र–जिम्मेवार अभिव्यक्तिप्रति खुला चुनौती दिन चाहन्छु—यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु । अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु । सत्य –तथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।’

उनले आफू विगत देखि डोटीबाट चुनाव लड्दै आएको बताउँदै हाल कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिँदै गर्दा यहाँका कांग्रेसीका स्थानीय नेताहरूसँग सामान्य चिनजान समेत न्यून रहेको बताएका छन् । उनले यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा शतप्रतिशत झुटो ,भ्रम फैलाउने र समाजलाई भाँड्ने प्रयास मात्र भएको बताएका छन् ।

सम्बन्धित समाचार :  पैसा बाडेको अभिव्यक्तिबारे स्पष्ट पार्न मनुलाई कांग्रेस कैलालीको आग्रह