खाेज्नुहाेस

पैसा बाडेको अभिव्यक्तिबारे स्पष्ट पार्न मनुलाई कांग्रेस कैलालीको आग्रह

Image
तस्बिर : समर्पण मिडिया (बायाँ कांग्रेस उम्मेदवार नर नारायण शाह मनु, दायाँ प्रस्तोता सञ्जय पन्त)

अत्तरिया – नेपाली कांग्रेस कैलालीले कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेका नरनारायण शाह (मनु) ले दिएको विवादित अभिव्यक्ति स्पष्ट पार्न माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबाट आर्थिक लेनदेन गरेको भनेर लगाएको आरोप स्पष्ट पार्न माग गरिएको छ ।

navjiwan hospital

‘यही मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबाट आर्थिक लेनदेन गरेको भन्ने आरोपमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘कैलाली क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढीबाट सञ्चालित समर्पण मिडियामा अन्तरवार्ता दिँदै नेपाली कांग्रेसका ५७ जना नेता कार्यकर्ताले आर्थिक लेनदेन गरी मत बदलेको कुरा सार्वजनिक भएको हुँदा सो कुरा स्पष्ट पारी जिम्मेवारी निर्वाह गर्न नेपाली काग्रेस कैलाली अनुरोध गर्दछ ।’

attariya hospital

आइतबार सार्वजनिक भएको मनुको विवादित अभिव्यक्तिमा उनले जिम्मेवार पदमा रहेका ५७ जनाले पैसा खाएको लिस्ट आफूसँग रहेको बताएका थिए । ‘एउटा गजबको कुरा के छ भने जो चुनाव पराजित हुनु भएको थियो, तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले उक्त विवादीत बनेको अभिव्यक्तिमा अगाडि भनेका छन् ‘तपाईँप्रति मेरो सद्भाव छ, सुवेक्षा सधैँ रहिरहने छ । तपाइका यी यी मान्छेले म सँग चाहिँ थोराभैत आर्थिक सहयोग लिएका हुन । तपाई आइन्दा यी मान्छेबाट सतर्क रहनुहोला । त्यसमा गजबको कुरा के छ भने ५७ जना मान्छेहरू जुन जिम्मेवार पदहरूमा रहेका छन् ।’

यसबिच प्रेम आलेले भने आफूले मनुलाई कुनै लिस्ट नदिएको बताएका छन् । उनले लिस्ट दिएको भए सार्वजनिक गर्न चुनौती दिँदै मनुले गलत प्रचार गरेको बताएका छन् ।