खाेज्नुहाेस

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको ताला

Image

धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको कार्यालयमा तालाबन्दी गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुरस्थित कृष्णपुर नगर कमिटीले दल नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । राजनीतिक नियुक्तिको विषयले एमालेमा विवाद चुलिएको छ ।

attariya hospital
navjiwan hospital

यसअघि प्रदेश कमिटीले अघिल्लो साता मात्रै केन्द्रीय कमिटीलाई दल नेता रावललाई खोजीदिन आग्रह गर्दै पत्र लेखेको थियो । रावल सम्पर्कविहीन भएको भन्दै सकभर खोजीदिन र नभए दल नेता नै फेरिदिन आग्रह प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पत्रमार्फत गरेका थिए ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको छ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले दल नेता रावललाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

एमालेमा नियुक्तिका विषयमा खिचातानी चलिरहदा रावलले भने आफू विरामी भएर महाकाली अस्पतालमा भर्ना भएको बताएका छन ।